बढ्नु आवश्यक छ: आत्मिक वृद्धिको महत्व PART-1
Part 1
पास्टर प्रदीप दास
2/19/20261 min read
बढ्नु आवश्यक छ: आत्मिक वृद्धिको महत्व (Part 1)
पास्टर प्रदीप दास
मुख्य पद: कलस्सी २:६-७
6यसकारण जसरी ख्रीष्टलाई तिमीहरूले ग्रहण गर्यौ, त्यसरी नै उहाँमा जीवन बिताओ। 7धन्यवाद दिनमा प्रशस्त हुँदै, तिमीहरूलाई शिक्षा दिएबमोजिम उहाँमा जरा गाडिएका र निर्माण भएका र विश्वासमा दह्रिला भएका होओ।
परिचय: वृद्धि किन अनिवार्य छ?
हाम्रो जीवनका हरेक क्षेत्रमा—चाहे त्यो शारीरिक होस्, मानसिक होस् वा आत्मिक—बढ्नु अनिवार्य छ। यदि हामीमा कुनै वृद्धि छैन भने, त्यो मृत्यु वा स्थिरताको संकेत हो। कलस्सी २:६-७ ले हामीलाई भन्छ: "यसकारण जसरी तिमीहरूले ख्रीष्ट येशू प्रभुलाई ग्रहण गर्यौ, त्यसरी नै उहाँमा जीवन बिताओ, उहाँमा जरा गाडिएका र निर्माण भएका होओ।"
अपेक्षा: परमेश्वरले तपाईं र मबाट वृद्धिको अपेक्षा गर्नुहुन्छ। यो केवल सुझाव मात्र होइन, उहाँको इच्छा हो।
उत्साह: जब एउटा सानो नानीले पहिलो पाइला चाल्छ, हामी कति खुसी हुन्छौं! त्यसरी नै जब हामी आत्मिक रूपमा बढ्छौं, हाम्रो स्वर्गका पिता अत्यन्तै खुसी हुनुहुन्छ।
१. न्युट्रल गियरको भ्रम (The Myth of Neutral Gear)
धेरै विश्वासीहरूलाई लाग्छ कि तिनीहरू न त अगाडि बढेका छन्, न त पछाडि नै—तिनीहरू एकै ठाउँमा स्थिर छन्।
आत्मिक जीवनमा न्युट्रल हुँदैन: गाडीमा न्युट्रल गियर हुन सक्छ, जहाँ इन्जिन चल्छ तर गाडी अगाडि बढ्दैन। तर आत्मिक जीवनमा न्युट्रल गियर हुँदैन। कि त तपाईं अगाडि बढ्दै हुनुहुन्छ, कि तपाईं पछाडि हट्दै हुनुहुन्छ।
सैतानको ढोंगी: स्थिरता (Stagnation) सैतानको एउटा हतियार हो। यदि तपाईं तातो वा चिसो नभई 'न्यानो' मात्र हुनुहुन्छ भने, परमेश्वरले यस्तो अवस्थालाई स्वीकार गर्नुहुन्न (प्रकाश ३:१६)।
२. आत्मिक परिपक्वता: दुधदेखि खदिलो भोजनसम्म
हिब्रू ५:१२-१४ ले परिपक्वताको बारेमा गम्भीर प्रश्न उठाउँछ। धेरै समय भइसक्दा पनि कतिपय विश्वासीहरू अझै दुधमै सीमित छन्, जबकि उनीहरू शिक्षक भइसक्नुपर्ने थियो।
बालकपन र परिपक्वता: एउटा १० वर्षको नानीले अझै पनि आमाको दुध मात्र खान्छ भने त्यो चिन्ताको विषय हो। त्यसरी नै, वर्षौंदेखि चर्च आएर पनि साधारण बचन समेत पचाउन नसक्नु आत्मिक रोग हो।
विवेकको अभ्यास: परिपक्व विश्वासी त्यो हो, जसले निरन्तर अभ्यासद्वारा असल र खराब छुट्याउन सक्छ। खदिलो भोजन (गहिरो बचन) पचाउन आत्मिक कसरत चाहिन्छ।
३. वास्तविक वृद्धि: जरा गाड्नु र निर्माण हुनु (Rooted and Built Up)
साँचो वृद्धि बाहिर देखिनुभन्दा अगाडि जमिनमुनि (भित्र) सुरु हुन्छ।
निर्माण (Built Up): यो अटोमेटिक हुँदैन। घर बनाउँदा जस्तै, यसमा मेहनत, पसिना र समय चाहिन्छ। एक-एक इँटा थप्दै जानुपर्छ।
जरा गाड्नु (Rooted): * हामी 'पोटेड' (गमलामा रोपेको) विश्वासी होइन, 'रुडेड' (जमिनमा जरा गाडेको) विश्वासी हुनुपर्छ।
गमलाको बिरुवा सजिलै सार्न सकिन्छ, तर जरा गाडिएको रुखलाई हल्लाउन गाह्रो हुन्छ।
भजनसंग्रह १:३: खोलाको किनारमा रोपिएको बोट जस्तै हुनुहोस्, जसले खडेरीमा पनि हरियो फल दिन्छ।
४. वृद्धिका बाधाहरू
तपाईं आत्मिक रूपमा बढेको शत्रु (सैतान) लाई मन पर्दैन।
शत्रुको डर: जब तपाईं आत्मामा बलियो हुनुहुन्छ, तपाईंले अन्धकारको शक्तिलाई लडाउने सामर्थ्य पाउनुहुन्छ। त्यसैले सैतानले तपाईंको 'बिल्ड अप' (निर्माण) कार्यलाई भत्काउन खोज्छ।
मेहनत र सतर्कता: वृद्धि सजिलो छैन। यसका लागि ख्रीष्टसँगको घनिष्ठ सम्बन्धमा निरन्तर समय बिताउनु आवश्यक छ।
निष्कर्ष: येशूमा जीवन बिताउनुहोस्
येशूलाई 'ग्रहण गर्नु' सुरुवात मात्र हो, तर 'उहाँमा जीवन बिताउनु' र 'उहाँलाई पछ्याउनु' वास्तविक यात्रा हो।
जरा गाड्नुहोस्: उहाँको वचन र प्रार्थनामा गहिरो जानुहोस्।
खदिलो भोजन खानुहोस्: आधारभूत कुरामा मात्र नअल्झिई गहिरो आत्मिक सत्यहरू सिक्नुहोस्।
निरन्तर बढ्नुहोस्: आफ्नो जीवनमा येशूको स्वभाव झल्किने गरी हरेक दिन परिवर्तन हुनुहोस्।