शक्तिशाली सम्बन्ध

(The Powerful Relationship)

Ps Pradeep Das

5/16/20261 min read

शक्तिशाली सम्बन्ध

(The Powerful Relationship)

यूहन्ना 15:1-11 दाखको बोट र हाँगाहरू

1 “साँचो दाखको बोट म हुँ, र मेरा पिता किसान हुनुहुन्‍छ। 2ममा हुने प्रत्‍येक हाँगा जसले फल फलाउँदैन उहाँले त्‍यसलाई छाँट्‌नुहुन्‍छ र फल फलाउने हरेक हाँगालाई झन्‌ बढ़ी फल फलोस्‌ भनी उहाँले छिँवल्‍नुहुन्‍छ। 3मैले तिमीहरूलाई भनेको वचनले तिमीहरू अघि नै शुद्ध भइसकेका छौ। 4ममा रहो, र म तिमीहरूमा रहन्‍छु। जसरी हाँगा दाखको बोटमा रहेन भने त्‍यो आफैले फल फलाउन सक्‍दैन, त्‍यसरी तिमीहरू ममा रहेनौ भने तिमीहरूले पनि सक्‍दैनौ। 5 “दाखको बोट म हुँ, तिमीहरूचाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने, र म त्‍यसमा रहें भने, त्‍यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्‍दैनौ। 6कोही मानिस ममा रहेन भने, त्‍यो हाँगाझैँ बाहिर मिल्‍काइन्‍छ, र त्‍यो सुकिहाल्‍छ। यस्‍ता हाँगाहरू मानिसहरूले बटुल्‍छन्, र आगोमा फालिदिन्‍छन्, र ती जलिहाल्‍छन्‌। 7तिमीहरू ममा रह्यौ भने, र मेरा कुरा तिमीहरूमा रहे भने, तिमीहरूलाई जे इच्‍छा लाग्‍छ माग, र त्‍यो तिमीहरूका निम्‍ति गरिनेछ। 8तिमीहरूले धेरै फल फलाएर मेरा चेला हौ भन्‍ने प्रमाणित गर्‍यौ भने यसैमा मेरा पिताको महिमा हुनेछ। 9 “पिताले जसरी मलाई प्रेम गर्नुभएको छ, मैले पनि तिमीहरूलाई प्रेम गरेको छु। तिमीहरू मेरो प्रेममा रहो। 10यदि मेरा आज्ञाहरू पालन गर्‍यौ भने तिमीहरू मेरो प्रेममा रहनेछौ, जसरी मैले मेरा पिताका आज्ञाहरू पालन गरेको छु र उहाँको प्रेममा रहन्‍छु। 11मैले यी कुरा तिमीहरूलाई यसैकारण भनेको छु, कि मेरो आनन्‍द तिमीहरूमा होस्, र तिमीहरूको आनन्‍द भरिपूर्ण होस्‌।

हामी यस्तो समयमा बाँचिरहेका छौँ जहाँ 'Connection' (सम्पर्क) त छ, तर 'Closeness' (निकटता) छैन। मानिसहरू अनलाइनमा सयौँसँग कुरा गर्छन्, तर आमनेसामने बसेर एकजनासँग गहिरो कुरा गर्न संघर्ष गरिरहेका हुन्छन्। धेरैजना सामाजिक सञ्जालमा सक्रिय छन्, तर हृदयभित्र खाली छन्। धेरैलाई मानिसहरूले देख्छन्, तर कोही पनि आफ्नो नभएको महसुस गर्छन्। धेरैका 'फलोअर्स' त छन्, तर वास्तविक संगति छैन। मानिसहरू उपकरणहरूसँग जोडिएका छन्, तर परमेश्वर, परिवार र स्वयम् आफूबाट समेत टाढिएका छन्।

यो हाम्रो पुस्ताको एउटा ठूलो संघर्ष हो। सामाजिक सञ्जाल, डिजिटल जीवन, अनन्त सामग्रीहरू र निरन्तरको तुलनाले मानिसको सोचाइ र भावनालाई प्रभाव पारिरहेको छ। यसैकारण आज धेरैले यस्ता समस्या भोगिरहेका छन्:

  • व्यक्तिगत जीवनमा एक्लोपन

  • कमजोर सम्बन्धहरू

  • सतही कुराकानी (Shallow Communication)

  • देखावटीपनको दबाब

  • पहिचानको भ्रम

  • परमेश्वरसँगको दूरी

त्यसैले यो सन्देश महत्त्वपूर्ण छ। जीवनको सबैभन्दा शक्तिशाली सम्बन्ध सफलता, प्रतिष्ठा वा मानिसको प्रशंसासँग होइन, तर येशू ख्रीष्टसँगको सम्बन्ध हो।

यूहन्ना १५ मा येशूले एउटा सरल तर गहिरो चित्र दिनुभएको छ। उहाँ भन्नुहुन्छ कि उहाँ दाखको बोट हुनुहुन्छ र हामी हाँगाहरू हौँ। यसको अर्थ हाम्रो जीवन, शक्ति, पहिचान र फल सबै उहाँबाटै आउँछ।

एक शक्तिशाली ईसाई जीवन येशूसँगको शक्तिशाली सम्बन्धबाट मात्र विकसित हुन्छ।

#1 शक्तिशाली सम्बन्धको सुरुवात सही स्रोतबाट हुन्छ (John 15:1)

येशूले भन्नुभयो, “साँचो दाखको बोट म हुँ।” उहाँले “म दाखको बोटलाई चिन्छु” भन्नुभएन, तर “म नै बोट हुँ” भन्नुभयो। यसको अर्थ वास्तविक जीवन, शान्ति, शक्ति, पहिचान र फलदायकता उहाँमा मात्र पाइन्छ।

आज धेरै मानिसहरू अन्य स्रोतहरूबाट जीवन खिच्ने प्रयास गरिरहेका छन्:

  • कसैले मानिसको ध्यान (attention) बाट

  • कसैले सामाजिक सञ्जालको approval बाट

  • कसैले 'लाइक' र 'भ्युज' बाट

  • कसैले सफलता, सम्बन्ध वा प्रतिष्ठाबाट

  • कसैले साँचो सम्बन्ध बिनाको धर्मबाट

तर यी कुनै पनि कुराले आत्मालाई बचाउन सक्दैनन्। येशू मात्र साँचो दाखको बोट हुनुहुन्छ।

क) येशू धेरै स्रोतहरूमध्ये एक मात्र हुनुहुन्न: उहाँ आत्मिक जीवनको एकमात्र साँचो स्रोत हुनुहुन्छ। (प्रेरित १७:२८, कलस्सी २:९-१०)। हाँगा बोटबाट छुट्टिएपछि केही समय हरियो देखिए पनि बिस्तारै सुक्छ। त्यसरी नै मानिस बाहिरबाट सफल देखिए पनि भित्रभित्रै ओइलाउन सक्छ।

ख) पिताले यस सम्बन्धको हेरचाह गर्नुहुन्छ: परमेश्वर तपाईँको आत्मिक जीवनमा संलग्न हुनुहुन्छ। उहाँ टाढा हुनुहुन्न, उहाँ तपाईँमा काम गर्दै हुनुहुन्छ।

उदाहरण: एउटा फोनमा धेरै राम्रा 'एप्स' र क्यामेरा हुन सक्छ, तर ब्याट्री सकियो भने सबै रोकिन्छ। त्यसरी नै हामीसँग प्रतिभा र अवसर भए पनि ख्रीष्ट बिना आत्मिक शक्ति हुँदैन।

आफैलाई सोध्नुहोस्:

  • म अहिले सबैभन्दा बढी केमा भर परिरहेको छु?

  • म खाली महसुस गर्दा कहाँ जान्छु?

  • मलाई के ले मूल्य दिन्छ?

  • के म येशूबाट जीवन तान्दै छु, वा मानिसहरूको प्रतिक्रियाबाट?

जब हामी झूटा स्रोतहरूबाट जीवन तान्न छोड्छौं र ख्रीष्टमा फर्कन्छौं तब एक शक्तिशाली सम्बन्ध सुरु हुन्छ।

#2 शक्तिशाली सम्बन्धमा शुद्धीकरण आवश्यक छ (John 15:2-3)

एउटा जीवित सम्बन्ध केवल जोडिनु मात्र होइन, यो शुद्ध हुनु पनि हो। पिताले फल फलाउने हाँगालाई अझ धेरै फल फलाओस् भनेर छाँटकाँट (pruning) गर्नुहुन्छ।

क) छाँटकाँट पीडादायी हुन्छ, तर यसको उद्देश्य हुन्छ: परमेश्वरले हाम्रो घमण्ड, अल्मल्याउने कुराहरू, लुकेका पाप, गलत बानी, र डिजिटल संसारप्रतिको अत्यधिक मोहलाई हटाउनुहुन्छ। उहाँले हाम्रो ध्यान खिच्ने भोक र अरूसँग तुलना गर्ने बानीलाई पनि सुधार्नुहुन्छ। छाँटकाँटले दुखाउँछ, तर यसले फाइदा गर्छ (हिब्रू १२:१०-११)।

Sometimes God removes:

  • pride

  • distraction

  • hidden sin

  • unhealthy habits

  • self-dependence

  • wrong relationships

  • digital overload

  • unhealthy attachment to online identity

ख) वचनले हामीलाई सफा गर्छ: परमेश्वरको वचनले हाम्रो सोचाइलाई सच्याउँछ, झूटलाई पर्दाफास गर्छ र हाम्रो पहिचानलाई निको पार्छ।

#3 शक्तिशाली सम्बन्ध 'रहिरहनु' (Abiding) मा निर्माण हुन्छ (John 15:4-5)

ईसाई जीवन भनेको एक पटक येशूकहाँ आउनु मात्र होइन, तर हरेक दिन उहाँमा रहिरहनु हो। 'रहनु' को अर्थ हो—स्थिर हुनु, बास गर्नु, र नजिकै बस्नु।

क) रहनु भनेको कहिलेकाँहीको सम्पर्क होइन: हाँगाले हप्ताको एक पटक मात्र बोटलाई भेट्दैन; यो सधैँ त्यहीँ रहन्छ। हामी प्रार्थना बिनाको शान्ति र समर्पण बिनाको शक्ति चाहन्छौँ, तर फल केवल उहाँमा रहिरहँदा मात्र लाग्छ।

“Abide in Me, and I in you.” John 15:4

“He who abides in Me, and I in him, bears much fruit.” John 15:5

To abide means:

रहनु - to remain

राख्नु - to stay

जारी राख्नु - to continue

बास गर्नु - to dwell

नजिक बस्नु - to live close

ख) येशू बिना हामी केही पनि गर्न सक्दैनौँ: येशूले “तिमीहरूले कम गर्न सक्छौ” भन्नुभएन, तर “केही पनि गर्न सक्दैनौ” भन्नुभयो। तपाईँ उहाँमा नबसी व्यस्त हुन सक्नुहुन्छ, तर अनन्त फल फलाउन सक्नुहुन्न। यूहन्ना 15:5 “दाखको बोट म हुँ, तिमीहरूचाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने, र म त्‍यसमा रहें भने, त्‍यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्‍दैनौ।

धेरै विश्वासीहरू सम्बन्धको निकटता बिना सम्बन्धको फल चाहन्छन्।

  • हामी प्रार्थना बिना शान्ति चाहन्छौं।

  • हामी समर्पण बिना शक्ति चाहन्छौं।

  • हामी वचन बिना बुद्धि चाहन्छौं।

  • हामी विश्वास बिना फल चाहन्छौं।

Abiding is daily dependence on God | परमेश्वरमा दैनिक निर्भरता भनेको रहनु हो

Abiding looks like:

  • प्रार्थना - prayer

  • धर्मशास्त्र - Scripture

  • आज्ञापालन - Obedience

  • समर्पण - Surrender

  • उपासना - Worship

  • दिनभरि येशूसँग हिंड्नु - walking with Jesus throughout the day

भजनसंग्रह 63:1

हे परमेश्‍वर, तपाईं मेरा परमेश्‍वर हुनुहुन्‍छ, म तपाईंलाई दिलोज्‍यानले खोज्‍छु। पानी नभएको ओबानो र बाँझो जमिनमा मेरो प्राण तपाईंको निम्‍ति तिर्खाउँछ, मेरो शरीर तपाईंकै निम्‍ति मरिमेट्‌दछ।

याकूब 4:8

परमेश्‍वरको नजिक आओ, र उहाँ तिमीहरूका नजिक आउनुहुनेछ। पापी हो! तिमीहरूका हात चोखा पार। दोमनका मानिस हो! तिमीहरूका हृदय शुद्ध पार।

#4 यस युगका बाधा र भ्रमहरूलाई जित्नुहोस्

येशू भन्नुहुन्छ— “ममा रहो,” तर संसारले भन्छ— “धेरै स्क्रोल गर, तुलना गर, देखावटी गर।”

  • एउटा शक्तिशाली सम्बन्धले यस युगको व्याकुलता र विकृतिहरूलाई पार गर्नुपर्छ

क) सामाजिक सञ्जालले सम्बन्धको भ्रम सिर्जना गर्छ: धेरै 'फलोअर्स' हुँदैमा मानिस एक्लो नहुने होइन। देखिनु (visibility) र आत्मियता (intimacy) फरक कुरा हुन्। धेरै मानिसहरू डिजिटल सम्पर्कले घेरिएका छन् तर वास्तविक सम्बन्धको लागि भोकाइरहेका छन्।

ख) मिडियाले वास्तविक सामाजिक अन्तरक्रियालाई कमजोर बनाउँछ: मानिसहरू प्रतिक्रिया दिन त सिपालु छन्, तर धैर्यतापूर्वक सुन्न र कसैको साथमा उपस्थित हुन बिर्सिँदैछन्।

ग) तुलना र पहिचानको संकट: मानिसहरूले आफ्नो मूल्य 'लाइक' वा अरूको रायमा खोजिरहेका छन्। तर यस्तो पहिचान कहिल्यै स्थिर हुँदैन। केवल ख्रीष्टले सुरक्षित पहिचान दिनुहुन्छ (गलाती २:२०)।

यसले निम्न कुराहरूलाई असर गर्छ:

विवाह - marriages

परिवार - families

मित्रता - friendships

चर्च संगति - church relationship

परमेश्वरसँगको सम्बन्ध - relationship with God

मानिसहरू एउटै घरमा बस्छन्, तर प्रत्येक फरक संसारमा हुन्छन्।

यसले सम्बन्धलाई हानि पुर्‍याइरहेको छ।

  • धेरै घरहरूमा, मानिसहरू कम बोल्छन्, कम सुन्छन्, र कम खुल्छन्।

  • सञ्चार उथलपुथल हुन्छ - communication becomes shallow

  • ध्यान विभाजित हुन्छ - divided attention

  • हृदय टाढा हुन्छ - heart becomes distant

एक शक्तिशाली सम्बन्धलाई उपस्थिति (presence) चाहिन्छ।

And (presence) उपस्थितिलाई ध्यान (attention) चाहिन्छ।

#5 शक्तिशाली सम्बन्धले - देखिने फल फलाउँछ (John 15:5, 8)

ख्रीष्टसँगको साँचो सम्बन्धले प्रमाण दिन्छ।

  • फलले जीवन बगिरहेको देखाउँछ: ख्रीष्ट जस्तै चरित्र, धैर्य, प्रेम, र संयम (गलाती ५:२२-२३)।

फल भनेको भित्री जीवनको दृश्य प्रमाण हो।

  • फल अरूसँगको सम्बन्धमा देखिन्छ: जब तपाईँ ख्रीष्टमा रहनुहुन्छ, तपाईँसँग कुरा गर्न सजिलो हुन्छ, तपाईँ सुन्न सिक्नुहुन्छ र कम स्वार्थी बन्नुहुन्छ।

  • फलले पिताको महिमा गर्छ: हाम्रो लक्ष्य आफ्नो प्रचार होइन, परमेश्वरको महिमा हो।

ख्रीष्टको जस्तो चरित्र

  • धैर्य

  • प्रेम

  • शान्ति

  • आत्म-नियन्त्रण

  • स्वस्थ सम्बन्ध

  • बुद्धिमानी बोली

  • विश्वासयोग्यता

  • वास्तविक करुणा

ख्रीष्टमा जरा गाडेको जीवनले ख्रीष्टलाई देखाउनेछ

जब ख्रीष्टले तपाईंको जीवनलाई आकार दिइरहनुभएको छ:

  • तपाईं सुन्न सिक्नुहुन्छ

  • तपाईं कम स्वार्थी बन्नुहुन्छ

  • तपाईं ध्यानको लागि बाँच्न छोड्नुहुन्छ

  • तपाईं मानिसहरूको वास्ता गर्नुहुन्छ

  • तपाईं अनुग्रहका साथ सत्य बोल्नुहुन्छ

  • तपाईं प्लेटफर्महरू भन्दा माथि मानिसहरूलाई महत्व दिनुहुन्छ

के मेरो जीवनमा वास्तविक फल छ?

के मेरो सम्बन्धहरू स्वस्थ छन् किनभने म येशूसँग हिँडिरहेको छु?

#6 शक्तिशाली सम्बन्धले प्रार्थना बदल्छ

यूहन्ना 15:7

  • येशूसँग नजिक हुँदा प्रार्थना बोझ होइन, सास जस्तै बन्छ

  • उहाँको वचनले हाम्रो चाहना शुद्ध बनाउँछ

  • हामी केवल समस्या पर्दा मात्र होइन, हरेक दिन उहाँकहाँ जान्छौं

  • मन धेरै आवाजले भरिएको छ भने प्रार्थना पनि सतही हुन्छ

  • शक्तिशाली सम्बन्धले प्रार्थनालाई वास्तविक, गहिरो, र जीवित बनाउँछ

यूहन्‍ना 15:7

तिमीहरू ममा रह्यौ भने, र मेरा कुरा तिमीहरूमा रहे भने, तिमीहरूलाई जे इच्‍छा लाग्‍छ माग, र त्‍यो तिमीहरूका निम्‍ति गरिनेछ।

१ यूहन्‍ना 5:14

परमेश्‍वरमा हाम्रो पूर्ण भरोसा छ कि उहाँको इच्‍छाबमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्‍नुहुन्‍छ।

म प्रार्थना संकटको बेला मात्र गर्छु, कि सम्बन्धबाट गर्छु?

#7 शक्तिशाली सम्बन्ध प्रेम र आज्ञापालनमा देखिन्छ

यूहन्‍ना 15:9–10

  • येशूले पहिला हामीलाई प्रेम गर्नुभयो, त्यसैले हामी उहाँलाई पछ्याउँछौं

  • साँचो प्रेम शब्दमा मात्र होइन, निर्णयमा पनि देखिन्छ

  • कहिलेकाहीँ आज्ञापालन भनेको distraction बाट टाढा हुनु पनि हो

  • फोन, media, comparison, र गलत content बाट दूरी राख्नु पनि आत्मिक निर्णय हो

  • येशूसँगको शक्तिशाली सम्बन्धले जीवनलाई सफा, सरल, र सत्य बनाउँछ

यूहन्‍ना 15:9-10

“पिताले जसरी मलाई प्रेम गर्नुभएको छ, मैले पनि तिमीहरूलाई प्रेम गरेको छु। तिमीहरू मेरो प्रेममा रहो।यदि मेरा आज्ञाहरू पालन गर्‍यौ भने तिमीहरू मेरो प्रेममा रहनेछौ, जसरी मैले मेरा पिताका आज्ञाहरू पालन गरेको छु र उहाँको प्रेममा रहन्‍छु।

१ यूहन्‍ना 2:5

तर जसले उहाँको वचन पालन गर्छ, त्‍यसमा परमेश्‍वरप्रतिको प्रेम साँच्‍ची नै सिद्ध भएको हुन्‍छ। हामी उहाँमा छौं भन्‍ने कुरामा यसैबाट निश्‍चित हुन्‍छौं।


मेरो जीवनशैलीले येशूप्रतिको प्रेम देखाइरहेको छ?

निष्कर्ष — शक्तिशाली जीवनको जरा शक्तिशाली सम्बन्ध हो

यूहन्ना 15:5, 11

  • आज धेरै मान्छे online छन्, तर भित्रबाट एक्लो छन्

  • धेरैले attention खोजिरहेका छन्, तर identity हराइरहेका छन्

  • धेरै सम्बन्धहरू presence बिना, केवल contact मा टिकेका छन्

  • येशू भन्छन्, “मसँग जोडिएर बस,” किनकि उहाँबिना हामी सुक्छौं

  • जब हामी येशूमा abide गर्छौं, तब जीवन, प्रार्थना, पहिचान, प्रेम, र आनन्द सबै ठीक ठाउँमा आउँछ

आजको संसारमा मानिसहरूसँग connection धेरै छ,
तर real relationship कम छ।

Social media ले हामीलाई देखिन सिकायो,
तर सधैं बुझिन सिकाएन।

Technology ले हामीलाई छिटो जोडिन मद्दत गर्‍यो,
तर गहिरो रूपमा बस्न, सुन्न, र प्रेम गर्न सधैं सिकाएन।

त्यसैले आज धेरै मानिसहरू
भीडमा पनि एक्लो छन्,
कुराकानीमा पनि खाली छन्,
र relationship मा पनि confused छन्।

कतिपयले आफ्नो पहिचान likes, views, comments, approval, appearance, success बाट बनाउने कोशिश गरिरहेका छन्।
तर ती कुरा स्थिर छैनन्।
आज उठाउँछन्, भोलि झारिदिन्छन्।

तर येशूले अर्कै कुरा भन्नुहुन्छ।
उहाँ भन्नुहुन्छ,
“म दाखको बोट हुँ, तिमीहरू हाँगाहरू हौ।”

अर्थात्,
जीवन उहाँबाट आउँछ।
पहिचान उहाँबाट आउँछ।
शक्ति उहाँबाट आउँछ।
फल उहाँबाट आउँछ।
आनन्द पनि उहाँबाट आउँछ।

यदि हामी येशूसँग जोडिएर बस्यौं भने,
हामी भित्रबाट बलियो बन्छौं।
तब हाम्रो प्रार्थना बदलिन्छ।
तब हाम्रो सोच बदलिन्छ।
तब comparison कम हुन्छ।
तब isolation टुट्न थाल्छ।
तब अरूसँगको सम्बन्ध पनि निको हुन थाल्छ।

किनकि शक्तिशाली सम्बन्ध भनेको
केवल मान्छेसँग राम्रो सम्बन्ध होइन।
सबैभन्दा पहिले
येशूसँगको सही, जीवित, नजिक, दैनिक सम्बन्ध हो।

उहाँसँगको सम्बन्ध बलियो भयो भने,
जीवनको बाँकी भाग पनि बलियो हुन्छ।

त्यसैले आजको बोलावट यही हो:

  • noise बाट फर्क

  • distraction बाट फर्क

  • false identity बाट फर्क

  • surface-level living बाट फर्क

  • फेरि येशूकहाँ फर्क

उहाँबिना हामी केही गर्न सक्दैनौं।
उहाँसँग जोडिएर बस्यौं भने धेरै फल फलाउँछौं।

यही हो - - The Powerful Relationship.