बच्चा समर्पण

BABY DEDICATION

Pastor Pradeep Das

7/15/20251 min read

Baby Dedication

गन्ती 6:25-

25परमप्रभुले आफ्‍नो मुख तिमीहरूमाथि चम्‍काऊन्,

र तिमीहरूलाई अनुग्रह गरून्‌।

26परमप्रभुले आफ्‍नो चेहरा तिमीहरूमाथि

प्रकाश गरून्, र तिमीहरूलाई शान्‍ति देऊन्।’

बच्चा समर्पण गर्नु भनेको के हो ?

Why do we do it?

  1. हाम्रो होइन - परमेस्वोरको

यो समयमा हामीले याद गर्नुपर्छ कि हाम्रा बच्चाहरू वास्तवमै हाम्रा आफ्नै होइन

परमेस्वोर तिनीहरूलाई सृष्टि गर्नुभयो।

परमेस्वरको उपहार

  1. सार्वजनिक रूपमा हामी उनीहरूलाई प्रभुमा खडा गर्नेछौं

व्यवस्था 11:18-19

तिमीहरूले मेरा यी वचनहरू आफ्‍ना मन र हृदयमा राख। ती आफ्‍ना हातमा र निधारमा चिन्‍हहरू स्‍वरूप बाँध। 19आफ्‍नो घरमा बस्‍दा, बाटोमा हिँड्‌दा, ढल्‍कँदा र उठ्‌दा तिमीहरूले तिनीहरूका विषयमा चर्चा गरेर आफ्‍ना छोराछोरीहरूलाई सिकाओ। 20आफ्‍ना घरका द्वारको चौकोस र मूल ढोकाहरूमा ती लेख,

  1. मण्डलीको सयोग र प्रार्थनाको लागि

  • -हामी विश्वास गर्दछौं कि नानीलाई समर्पण गर्नु भनेको मण्डलीसंग साझेदारी गर्नु पनि हो।

  • परमेस्वोर प्रतिज्ञाको परमेस्वोर हुनुहुन्छ

  • Christianity is more than a religion. Christianity is a RELATIONSHIP, A PERSONAL RELATIONSHIPबालक समर्पणलाई - परिवार (अभिभावक समर्पण) भन्न सकिन्छ

  • बालक समर्पण भनेको परमेश्वर र परिवार बीच करार सम्बन्ध छ भन्ने कुरालाई स्वीकार गर्नु हो।

बुबा र आमाको भूमिका | The role of father and Mother

  1. आफ्ना छोराछोरीहरूलाई माया र हेरचाह गर्न | To love and care for their children

Job 1:5 भोज दिने क्रम सिद्धिएपछि अय्‍यूबले आफ्‍ना छोराछोरीहरूलाई बोलाएर शुद्ध बनाउने गर्थे। तिनी बिहान सबेरै उठी तिनीहरू प्रत्‍येकको निम्‍ति यो विचारले एउटा-एउटा होमबलि चढाउथे, “शायद मेरा छोराछोरीले पाप गरे होलान्‌ र परमेश्‍वरलाई आफ्‍ना हृदयमा सरापे होलान्‌।” अय्‍यूबले सधैँ यसै गर्थे।

Matthew 7:9-11 तिमीहरूमध्‍ये कुन मानिस होला, जसको छोराले रोटी माग्‍दा त्‍यसलाई ढुङ्गा देला? 10कि माछा माग्‍दा त्‍यसलाई साँप देला? 11यसकारण तिमीहरू दुष्‍ट भएर आफ्‍ना छोराछोरीहरूलाई असल चीज दिन जान्‍दछौ भने, स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसित माग्‍नेहरूलाई कति बढ़ी गरेर असल चीज दिनुहुनेछ।

  1. आफ्ना छोराछोरीलाई अनुशासन दिन | To discipline their children

Proverbs 13:24 छड़ी नचलाउने बुबाले आफ्‍नो छोरालाई घृणा गर्छ, तर त्‍यसलाई प्रेम गर्ने बुबाले होशियारीसाथ त्‍यसलाई अनुशासन दिन्छ।

Deuteronomy 8:5;तिमीहरूले यो जान, कि मान्‍छेले आफ्‍नो छोरालाई ताड़ना दिएझैँ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई ताड़ना दिनुहुन्‍छ।

Proverbs 3:11-12; हे मेरो छोरो, परमप्रभुको अनुशासनलाई अवहेलना नगर्,

र उहाँको हप्‍कीलाई खराब नठान्, 12किनभने जसलाई परमप्रभु प्रेम गर्नुहुन्‍छ उसैलाई नै उहाँले अनुशासन दिनुहुन्छ। जसरी बुबाले आफ्‍नो प्‍यारो छोरालाई अनुशासन दिन्‍छन्‌।

  1. To instruct their children आफ्ना बच्चाहरूलाई निर्देशन दिन

Psalm 78:2-8 2म मेरो मुख दृष्‍टान्‍तमा खोल्‍नेछु, प्राचीनका भेदका कुराहरू सुनाउनेछु,

3ती जुन कुराहरू हामीले सुनेका र जानेका छौं, र जुन कुरा हाम्रा पिता-पुर्खाहरूले हामीलाई भनेका छन्‌।

Deuteronomy 4:9;तर होशियार बस र आफ्‍नो मनलाई सचेत राख, ताकि तिमीहरूले आँखाले देखेका कुराहरू नबिर्स र ती तिमीहरूको सारा जीवनभरि तिमीहरूको मनदेखि नहटून्‌। ती तिमीहरूका छोराछोरीहरू र नाति-नातिनाहरूलाई सिकाओ।

आमाबाबुको लागि आशिष् र आनन्दको स्रोतको रूपमा बालबालिकाहरू

Psalm 127:3; छोराहरू परमप्रभुले दिनुभएको उत्तराधिकार हुन्‌, छोराछोरीहरू उहाँका इनाम हुन्‌।

Proverbs 23:24-25 धर्मी मानिसको बुबा असाध्‍यै आनन्‍दित हुन्‍छ, बुद्धिमान्‌ छोरा आफ्‍ना बुबामा प्रसन्‍न रहन्‍छ। 25तेरा बुबा र आमा हर्षित होऊन्, तँलाई जन्‍म दिने आमाले रमाहट गरून्‌।

व्यवस्था 6:5-9 तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो सारा हृदयले, आफ्‍नो सारा प्राणले र आफ्‍नो सारा शक्तिले प्रेम गर। 6मैले आज तिमीहरूलाई सुनाएका आज्ञाहरू आफ्‍नो मनमा राख। 7ती तिमीहरूले आफ्‍ना छोराछोरीहरूलाई होशियारीसाथ सिकाओ। घरमा बस्‍दा, बाटोमा हिँड्‌दा, ढल्‍केर सुत्‍दा र उठ्‌दा तिनको चर्चा गर। 8ती आफ्‍ना हातमा चिन्‍हको लागि कसिराख। ती तिमीहरूको निधारमा बाँधिराख। 9ती आफ्‍ना घरका द्वारको चौकोस र मूल ढोकाहरूमा लेख।

Vow to parents

  • के तपाईं बाइबलको प्रेम, निर्देशन र अनुशासनको साथ आफ्ना बच्चाहरूलाई हुर्काउन र आफूलाई अनि नानीलाई समर्पण गर्नु तयार हुनुहुन्छ?

  • तपाई र तपाइको परियारलाई परमेस्वोरले उपहारको रूपमा यो नानीलाई दिनुभएको छ भनि विश्वास गर्नुहुन्छ ?

  • आफ्नु नानी परिपक्व हुन सकोस भनेर के तपाईं एक स्थिर वातावरण सिर्जना गर्न, आमा बुबाको रूपमा प्रतिबद्ध गर्नुहुन्छ ?

  • के तपाईं आफ्नो वैवाहिक सम्बन्ध बलियो बनाउन एक करार गर्नुहुन्छ?

  • के तपाईं व्यक्तिगत रूपमा परमेस्वोरलाइ विश्वास गर्ने आमाबाबु बन्न प्रतिबद्ध हुनुहुन्छ?

  • के तपाईं प्रतिबद्ध गर्नुहुन्छ तपाइको घर विश्वासले भरिएको घर हुनेछ जहा परमेस्वोरलाइ र परिवारलाइ पहिलो प्राथमिकता अनिआदर गरिन्छ?