विवाह | Wedding Sermon

A brief spiritual message delivered during a wedding ceremony.

Pastor Pradeep Das | Faith Center Church

10/3/20241 min read

Wedding Sermon

उत्‍पत्ति 2:18-24

18फेरि परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “मानिस एकलो रहन असल छैन। म त्‍यसको निम्‍ति त्‍यसलाई सुहाउने एक जना सहयोगी बनाउनेछु।”19परमप्रभुले सबै वन-पशु र आकाशका सबै पक्षीलाई भूमिबाट बनाएर मानिसले तिनीहरूको के-के नाउँ राख्‍दो रहेछ भनी हेर्न तिनीहरूलाई मानिसकहाँ ल्‍याउनुभयो। र मानिसले हरेक प्राणीलाई जे-जे नाउँ दिए त्‍यही-त्‍यही नै त्‍यसको नाउँ भयो।20यसरी मानिसले नै सबै पाल्तु पशु, आकाशका पक्षी र सबै वन-पशुहरूका नाउँ राखे।तर आदमको निम्‍ति तिनलाई सुहाउँदो कोही सहयोगी पाइएन।21यसैकारण परमप्रभु परमेश्‍वरले मानिसलाई मस्‍त निद्रामा पार्नुभयो, र उनी निदाएको बेलामा उनका करङहरूमध्‍येको एउटा निकाल्नुभई त्‍यसको ठाउँमा मासु भरिदिनुभयो।22जुन करङ परमप्रभु परमेश्‍वरले मानिसबाट निकाल्‍नुभएको थियो, त्‍यसबाट एउटी स्‍त्री बनाउनुभई मानिसकहाँ ल्‍याउनुभयो।23मानिसले भने,“यो त मेरै हाड़को हाड़ र मासुको मासु हो।तिनलाई स्‍त्री भनिनेछ। किनभने तिनी पुरुषबाट निकालिएकी थिइन्‌।”24यसैकारण मानिसले आफ्‍ना आमा-बुबालाई छोड्‌छ र आफ्‍नी पत्‍नीसँग मिलिरहन्‍छ, र तिनीहरू एउटै शरीर हुन्‍छन्‌।

Speak now or Forever Hold Your Peace

अहिले बोल्नुहोस् वा सदाको लागि यो कुरा नउठाउनुहोस्

“सबैका बीचमा विवाहचाहिँ आदरणीय होस्, वैवाहिक सम्‍बन्‍ध नबिटुलिओस्, किनकि दुराचारी र व्‍यभिचारीहरूको इन्‍साफ परमेश्‍वरले गर्नुहुन्‍छ।”

‭‭हिब्रू‬ ‭13:4‬ ‭

विवाह भनेको के हो?

A Formal Union of two people | दुई व्यक्तिको मिलन

विवाह भनेको परिवारको सुरुवात हो र एकअर्काप्रति आजीवन प्रतिबद्धता पनि हो

Its a lifelong commitment


It is also a union of two different families. | दुई फरक परिवारको मिलन पनि हो।

विवाह एक भौतिक(physical) मिलन भन्दा बढी छ; यो एक आध्यात्मिक(spiritual) र भावनात्मक(emotional) मिलन पनि हो।

यो मिलनले परमेश्वर र उहाँको मण्डलीको बीचको एकतालाई प्रतिबिम्बित गर्दछ।

God himself Created Marriage

Genesis 2:18 फेरि परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “मानिस एकलो रहन असल छैन। म त्‍यसको निम्‍ति त्‍यसलाई सुहाउने एक जना सहयोगी बनाउनेछु।”

हिब्रू 13:4

सबैका बीचमा विवाहचाहिँ आदरणीय होस्, वैवाहिक सम्‍बन्‍ध नबिटुलिओस्, किनकि दुराचारी र व्‍यभिचारीहरूको इन्‍साफ परमेश्‍वरले गर्नुहुन्‍छ।

उपदेशक 4:9-12

9एकभन्‍दा दुई असल हो, किनभने तिनीहरूले आफ्‍नो कामको असल फल पाउनेछन्‌।

10यदि एउटा लोट्‌यो भने त्‍यसको मित्रले त्‍यसलाई उठाउन सहायता गर्छ। तर लोट्‌दा पनि उठाउने कोही साथी नहुने बिचरा!

11त्‍यस्‍तै यदि दुई जना सँगै सुते भने ती न्‍याना हुन्‍छन्, तर एकलै त कसरी न्‍यानो हुने?

2एक जनालाई कसैले जित्‍ला, तर दुई जनाले त आफ्‍ना सुरक्षा गर्न सक्‍छन्‌। तीन सूतले बाटेको डोरी चाँड़ै चुँडिँदैन।

Key points to consider for a successful marriage.

  1. Commitment | प्रतिबद्धता

भजनसंग्रह 37:5-6

आफ्‍नो मार्ग परमप्रभुलाई सुम्‍प, उहाँमा नै भरोसा राख, अनि उहाँले यो गर्नुहुनेछ:

उहाँले तिम्रो धार्मिकता प्रभातझैँ ज्‍योतिसमान र तिम्रो मामिलाको न्‍याय मध्‍यदिनको सूर्यसमान पार्नुहुनेछ।

  1. Compassion | करुणा

कलस्सी 3:12

यसकारण परमेश्‍वरका चुनिएकाहरू, पवित्र र प्रिय भएर तिमीहरूले करुणा, दया, दीनता, नम्रता र धैर्य धारण गर।

  1. Communication | सञ्चार

एफिसी 4:29

तिमीहरूका मुखबाट कुवाक्‍य ननिस्‍कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मीठो वचन मात्र बोल्‍ने गर, जसबाट सुन्‍नेहरूलाई अनुग्रह मिलोस्‌।

हितोपदेश 18:1-2

अमिल्‍दो मानिस स्‍वार्थको पछि लाग्‍छ, त्‍यसले सबै उचित ठहरको खुला विरोध गर्छ।

मूर्खले समझदारीमा सन्‍तुष्‍टि पाउँदैन, तर आफ्‍नै विचारहरू पोख्‍न पाए त्‍यो प्रसन्‍न हुन्‍छ।

हितोपदेश 18:13

जसले सुन्‍न अघि नै जवाफ दिन्‍छ, त्‍यो त्‍यसको मूर्खता र शर्म हो।

  1. विश्वासको बलियो आधार | Strong Foundation of Trust

एफिसी 4:32

जसरी परमेश्‍वरले ख्रीष्‍टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्‍यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक-अर्काप्रति कोमल मनका र दयालु होओ।

  1. सल्लाह माग्न नहिचकिचाउनुहोस् | Don’t hesitate to ask for advice

  1. Self Respect | आत्म सम्मान

एफिसी 5:33

जे भए पनि तिमीहरू हरेकले आफ्‍नी पत्‍नीलाई आफैलाई झैँ प्रेम गर, र पत्‍नीले पनि आफ्‍ना पतिको आदर गरोस्‌।

१ पत्रुस 3:1-7 पति र पत्‍नी

1पत्‍नी हो, तिमीहरू पनि आफ्‍ना पतिका अधीनमा रहो, र यसरी तिनीहरूले वचन पालन नगरे तापनि आफ्‍ना पत्‍नीहरूको आचरणले गर्दा शब्‍दविना पनि तिनीहरूका मनको परिवर्तन हुन सक्‍छ। 2तिमीहरूका जीवनको शुद्धता र श्रद्धा देख्‍दा तिनीहरूको परिवर्तन हुनेछ। 3केशको सिङ्गार, सुनको गहनापात र दामी वस्‍त्र तिमीहरूको बाहिरी सिङ्गारपटार नहोस्‌। 4तिमीहरूका भित्री हृदयलाई भलो र शान्‍त आत्‍माको अविनाशी रत्‍नले सजाओ, जो परमेश्‍वरको दृष्‍टिमा साह्रै मूल्‍यवान्‌ छ। 5किनकि यही किसिमले अघिअघि परमेश्‍वरमा आशा राख्‍ने पवित्र स्‍त्रीहरूले पनि सिङ्गार गर्थे, र आफ्‍ना पतिका अधीनमा बस्‍थे। 6साराले जस्‍तै, जसले अब्राहामलाई स्‍वामी भनेर तिनको आज्ञापालन गर्थिन्, यदि तिमीहरूले उचित काम गर्‍यौ र कुनै कुरामा भयभीत भएनौ भने तिमीहरू उनकै छोरीहरू ठहरिनेछौ।

7पति हो, त्‍यसै गरी आफ्‍ना पत्‍नीसँग विचारशील भएर बस, र स्‍त्रीलाई अबला ठानी आदर गर्ने गर, किनकि तिमीहरू जीवनका अनुग्रहका साझेहकदार हौ, यस हेतुले कि तिमीहरूका प्रार्थनामा बाधा नपरोस्‌।

पति पत्‍नीसम्‍बन्‍धी अर्ती एफिसी 5:22-33

22पत्‍नी हो, प्रभुको अधीनमा रहेजस्‍तै आ-आफ्‍ना पतिको अधीनमा बस। 23किनकि पति पत्‍नीको शिर हो, जसरी ख्रीष्‍ट मण्‍डलीको शिर हुनुहुन्‍छ, जुन मण्‍डली उहाँको शरीर हो, र उहाँ स्‍वयम्‌ त्‍यसको मुक्तिदाता हुनुहुन्‍छ। 24जसरी मण्‍डली ख्रीष्‍टको अधीनमा छ, त्‍यसरी नै पत्‍नीहरू पनि हरेक कुरामा पतिहरूका अधीनमा रहून्‌।

25पति हो, आफ्‍ना पत्‍नीहरूलाई प्रेम गर, जसरी ख्रीष्‍टले पनि मण्‍डलीलाई प्रेम गर्नुभयो, र त्‍यसको निम्‍ति आफूलाई अर्पण गर्नुभयो, 26यस हेतुले कि उहाँले त्‍यसलाई पानीले धोएर वचनद्वारा पवित्र पार्न सकून, 27र उहाँले दाग वा चाउरी नभएको, अथवा यस्‍ता कुनै कुरा नभएको तेजस्‍वी मण्‍डली आफैकहाँ प्रस्‍तुत गर्न सकून्, र त्‍योचाहिँ पवित्र र निष्‍खोट होस्‌।

28त्‍यसरी नै पतिहरूले पनि आ-आफ्‍ना पत्‍नीलाई आफ्‍नै शरीरलाई झैँ प्रेम गर्नुपर्छ। आफ्‍नी पत्‍नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ। 29किनकि कुनै मानिसले कहिल्‍यै आफ्‍नो शरीरलाई घृणा गर्दैन, तर त्‍यसको कदर गरेर पालनपोषण गर्दछ, जसरी ख्रीष्‍टले पनि आफ्‍नो मण्‍डलीको निम्‍ति गर्नुहुन्‍छ, 30किनभने हामी उहाँका शरीरको अङ्ग हौं। 31“यसकारण मानिसले आफ्‍ना आमा-बुबालाई छोड़ेर आफ्‍नी पत्नीसँग मिलिरहन्‍छ, र ती दुवै एउटै शरीर हुनेछन्‌।” 32यो एउटा गम्‍भीर रहस्‍य हो, अनि यो कुरा म ख्रीष्‍ट र मण्‍डलीको सम्‍बन्‍धमा बोल्‍दछु। 33जे भए पनि तिमीहरू हरेकले आफ्‍नी पत्‍नीलाई आफैलाई झैँ प्रेम गर, र पत्‍नीले पनि आफ्‍ना पतिको आदर गरोस्‌।

Ring Exchange Ceremony

Each other Vows if they have one …

Why ring ??

औंठीले उनीहरूको जीवनको सुरुवात र एक अर्काप्रतिको प्रतिबद्धतालाई प्रतिनिधित्व गर्दछ।

औंठीले दुईवटा मुटुलाई एउटै रूपमा धड्किरहेको सङ्केत गर्छ।

औंठीले प्रेम मात्र होइन तर दुइ जनाको प्रतिज्ञालाई पनि देखाउछ ।

करार

Groom -

Do you take ……. to be your wedded wife ? के तिमि …….लाई तिम्रो विवाहित पत्नीको रूपमा स्वीकार गर्न तयार छौ ?

करार - परमेस्वोर र हाम्रो दुबै परिवारको उपस्थितिमा

(Bride) म आज तिमीलाई मेरो प्रतिज्ञाको प्रतीकको रूपमा यो औंठी दिँदैछु।

म तिमीलाई माया गर्छु र म मेरो अन्तिम सास सम्म तिमीलाई माया गरिरहनेछु

धनि वा गरिबीमा

सुख वा दुखामा

रोगमा वा स्वास्थ्यमा

राम्रोमा वा खराब समयमा - सबै परिस्थितिमा

मृत्युले हामीलाई अलग नगरेसम्म म तिम्रो प्यारो पतिको रूपमा तिम्रो साथमा रहनेछु |

Bride - Do you take …… to be your wedded husband ? के तिमि …..लाई तिम्रो विवाहित पतिको रूपमा स्वीकार गर्न तयार छौ ?

करार - परमेस्वोर र हाम्रो दुबै परिवारको उपस्थितिमा

(Groom) म आज तिमीलाई मेरो प्रतिज्ञाको प्रतीकको रूपमा यो औंठी दिँदैछु।

म तिमीलाई माया गर्छु र म मेरो अन्तिम सास सम्म तिमीलाई माया गरिरहनेछु

धनि वा गरिबीमा

सुख वा दुखामा

रोगमा वा स्वास्थ्यमा

राम्रोमा वा खराब समयमा - सबै परिस्थितिमा

मृत्युले हामीलाई अलग नगरेसम्म म तिम्रो प्यारो पत्नीको रूपमा तिम्रो साथमा रहनेछु |

पिता पुत्र र पवित्र आत्माको उपस्थितिमा परमेश्वरको अभिषिक्त जनको रूपमा म तिमीहरु दुवैलाइ पति र पत्नीको रुपमा घोसना गर्छु